तनहुँमा निर्वाचन प्रहरीका लागि थप ६५३ जनाको आवेदन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार थप गरिएको समय भित्र चार सय ३६ पुरुष र दुई सय १७ महिला गरी कूल ६ सय ५३ जनाले आवेदन दर्ता गराएका हुन् । जिल्लाका लागि आवश्यक एक हजार पाँच सय ८१ निर्वाचन प्रहरी (म्यादी) को कोटा पूरा नभएपछि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो । बिकले भन्नुभयो, “यसअघि पुस २५ देखि माघ ३ गतेसम्म १ हजार ४ सय ३३ जनाले आवेदन दिएकोमा करिब १ हजार २ सय जना मात्र छनोट भएका थिए । बाँकी कोटाका लागि दोस्रो चरणमा आवेदन माग गरिएको हो ।’’

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको आवश्यकताभन्दा बढी छनोट भएमा उनीहरूलाई वैकल्पिक सूचीमा राखी प्रदेशभित्रका अपुग भएका अन्य जिल्लामा पठाइनेछ । पहिलो चरणका आवेदकहरूको शारीरिक र लिखित परीक्षा सम्पन्न भई हाल अन्तर्वार्ताको तयारी भइरहेको छ । आठ मतदान केन्द्र ‘अति संवेदनशील’ निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिले तनहुँका आठ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन एकीकृत सुरक्षा योजना लागू गरिएको छ । प्रजिअ तिवारीले भन्नुभयो, “अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।’’ १० वटा स्थानीय तह रहेको तनहुँमा ३०९ मतदान केन्द्र छन् र २ लाख ५४ हजार ३९७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...