तनहुँमा निर्वाचन प्रहरीका लागि थप ६५३ जनाको आवेदन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार थप गरिएको समय भित्र चार सय ३६ पुरुष र दुई सय १७ महिला गरी कूल ६ सय ५३ जनाले आवेदन दर्ता गराएका हुन् । जिल्लाका लागि आवश्यक एक हजार पाँच सय ८१ निर्वाचन प्रहरी (म्यादी) को कोटा पूरा नभएपछि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो । बिकले भन्नुभयो, “यसअघि पुस २५ देखि माघ ३ गतेसम्म १ हजार ४ सय ३३ जनाले आवेदन दिएकोमा करिब १ हजार २ सय जना मात्र छनोट भएका थिए । बाँकी कोटाका लागि दोस्रो चरणमा आवेदन माग गरिएको हो ।’’

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको आवश्यकताभन्दा बढी छनोट भएमा उनीहरूलाई वैकल्पिक सूचीमा राखी प्रदेशभित्रका अपुग भएका अन्य जिल्लामा पठाइनेछ । पहिलो चरणका आवेदकहरूको शारीरिक र लिखित परीक्षा सम्पन्न भई हाल अन्तर्वार्ताको तयारी भइरहेको छ । आठ मतदान केन्द्र ‘अति संवेदनशील’ निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिले तनहुँका आठ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन एकीकृत सुरक्षा योजना लागू गरिएको छ । प्रजिअ तिवारीले भन्नुभयो, “अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।’’ १० वटा स्थानीय तह रहेको तनहुँमा ३०९ मतदान केन्द्र छन् र २ लाख ५४ हजार ३९७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...