फिक्कलमा खेल मैदान बन्ने, १८ रोपनी जग्गा खरिद

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिका १० मा खेलमैदान निर्माणका लागि १८ रोपनी बढी जग्गा खरिद गरिएको छ । खेलमैदानको अभाव रहेको फिक्कल क्षेत्रमा चाँडै सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नका लागि स्थानीय युनाईटेड फिक्कल क्लबले रमितेमा १८ रोपनी १२ आना जमिन खरिद गरेको हो । क्लबको सचिव श्रृजन गदालका अनुसार खेल मैदान निर्माणका लागि २५ रोपनी जमिन पुर्‍याइने छ । १८ रोपनी १२ आना जमिनको लालपुर्जा क्लबले प्राप्त गरी सकेको छ भने थप जग्गाको लालपुर्जा लिने काम भइरहेको छ । 

क्लबले जग्गा खरिदका लागि रकम जुटाउन विभिन्न सांस्कृतिक कार्यक्रम, सडक महोत्सव, हाउसी खेल संचालन गर्दै आएको थियो । सचिव गदालका अनुसार जग्गा प्राप्तीसँगै अब खेल मैदान निर्माणका लागि डिपिआर गरी आधुनिक खेल मैदान निर्माणको काम थालिने छ । क्लबले खेलमैदान निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकार संग बजेट माग गर्ने जनाएको छ । साथै एन्फामा समेत बजेटका लागि अनुरोध गर्ने भएको छ । युनाइटेड फिक्कल क्लबका अयक्ष चन्द्र फागोले वर्षौंपछि प्रयासमा क्लबको नाममा जग्गा प्राप्ती भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘जग्गा नहुँदा समस्या थियो, अव आधिकारिक रुपमा काम गर्नका लागि बाटो खुलेको छ ।’

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार हो । बजार आसपास खेलमैदान नहुदा समस्या हुदै आएको थियो । सूर्योदय नगरपालिका वडा नंं. १० का वडाध्यक्ष पेमा उगेन लामाले फिक्कलमा अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्नका लािग वडा र नगरले समेत क्लबलाई सहयोग गर्ने बताउनुभयो । यहाको मौषम समेत उपयुक्त भएकाले खेलकुद तालिम समेत संचालन गर्ने गरी खेलमैदान निर्माण गर्नु पर्ने स्थानीय युवा अभिषेक प्रताप पौडेलले बताउनुभयो । भारतसँग सीमाना जोडिएको यस क्षेत्रमा भारतीय खेलाडीको समेत बाक्लो उपस्थिति हुने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...