रुपैडिहाबाट किशोरीको उद्धार

Published on

काठमाडौं । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत रूपैडीहा चेकपोस्टका सुरक्षाकर्मीको सतर्कताका कारण मानव बेचबिखनको जोखिममा रहेकी एक नाबालिग नेपाली किशोरीको उद्धार गरिएको छ । सशस्त्र सीमा बल (एसएसबी) को बिआइटी टोली, एन्टी ह्युमन ट्राफिकिङ युनिट र देहात संस्थाकी निर्मलाको संयुक्त सक्रियतामा १५ वर्षीया नाबालिग नेपाली किशोरीलाई भारतीय क्षेत्रबाट सकुशल उद्धार गरिएको हो । 

भारतीय प्रहरीका अनुसार त्यस घटनामा संलग्न एक नेपाली युवकलाई पनि नियन्त्रणमा लिइएको छ । एसएसबी चेकपोस्ट रुपैडिहाले दिएको जानकारी अनुसार नियमित जाँचका क्रममा चेकपोस्टमा एक किशोरीसँग सोधपुछ गर्दा शङ्कास्पद देखिएपछि सुरक्षा टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि किशोरीले आफू नेपाल जुम्ला जिल्ला, चाना वडा नं.–१ निवासी १५ वर्षीया निरु दमाई ( नाम परिवर्तन ) रहेको बताएकी थिइन् । कागजात र बयानका आधारमा उनी नाबालिग रहेको पुष्टि भएपछि सुरक्षाकर्मीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्दा बेचबिखनको जोखिममा रहेको खुलेको थियो । 

ती किशोरीसँगै रहेका युवकले आफ्नो नाम साहिल कुरेशी (१९ वर्ष), खजुरा वडा नं.–७, बाँके निवासी भएको बताएका छन् । प्रहरीका अनुसार, सोधपुछका क्रममा उनले विवाह तथा रोजगारीको प्रलोभन देखाई किशोरीलाई भारत लैजान लागेको स्वीकार गरेका थिए । प्रहरीका अनुसार सुरक्षा निकायले मोबाइलमार्फत किशोरीकी आमासँग सम्पर्क गर्दा उनी बिना जानकारी घरबाट निस्किएको जानकारी प्राप्त भएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी किशोरीलाई गैरसरकारी संस्था देहात इन्डिया, बहराइचको सहयोगमा नेपालस्थित संरक्षण गृहमा जिम्मा लगाइएको छ ।

पक्राउ परेका शङ्कास्पद युवकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको भारतीय प्रहरीले जनाएको छ । मानव बेचबिखनका लागि यहाँस्थित जमुनाहा नाका धेरै पहिलेदेखि उच्च जोखिमपुर्ण नाकाका रूपमा रहेको छ । गत एक वर्षको अवधीमा मात्रै जोखिमपूर्ण यात्रामा रहेका करिब ६०० महिला तथा किशोरीको नाकाबाट उद्धार गरेर घर फिर्ता पठाइएको माइती नेपाल नेपालगन्जले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...