दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु

Published on

काठमाडौं । जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । बराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो र माइलो छोराको बिहीबार भारतको कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएको हो । विपन्न परिवारका मगर दाजुभाइ आर्थिक जोहो गर्न गत पुस ३ गते गाउँका अन्य ब्यक्तिहरुसँग भारतको मेघालय गएका थिए । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी मगर र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । पैसा कमाउँछु भनेर परदेश गएका दुवै छोराको ज्यान गएपछि यता परिवारको बिचल्ली भएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । घरमा बुवा–आमा कान्छो छोरा र जेठा छोराको श्रीमती र एक बच्चा रहेका छन् । जेठा र माइला छोराको कोइलाखानीमा ज्यान गएपछि परिवारलाई ठुलो वज्रपात परेको छ । 

घटनास्थलमा बोलाएपछि आफन्तहरु शुक्रबार भारत गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।  मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो । बराहपोखरीसँगै रोजगारीको सिलसिलामा खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् । भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी हालसम्म आएको छैन् । मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई २ लाख भारुका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसैगरी घाइतेलाई ५० हजार भारुका दरले उपचार खर्च दिने बताइएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...