सल्यानमा मरेका भेडा–बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि

Published on

काठमाडौं । सल्यानको छत्रेश्वरी गाउँपालिकामा मरेका भेडा र बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि भएको छ । मरेका पशुबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्दा एन्टेरोटोक्सेमिया टाइप–डी पोजेटिभ देखिएको हो । छत्रेश्वरी गाउँपालिका–१, फारुलिबोटमा गत पुस महिनामा किसानले पालेका ६ वटा बाख्रा र ३ वटा भेडा अचानक मरेपछि गाउँपालिकाले नमुना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । परीक्षण प्रतिवेदनमा ती पशुमा एन्टेरोटोक्सेमिया टाइप–डी सङ्क्रमण देखिएको पुष्टि भएको छ ।

गाउँपालिकाका पशु चिकित्सक डा. रुकेश घिमिरेका अनुसार उक्त रोग भेडा–बाख्रामा देखिने ‘ओभरइटिङ रोग’ हो । उहाँले बताउनुभयो, यो रोग प्रायः राम्रोसँग मोटाएका र बाह्य रूपमा स्वस्थ देखिने भेडा–बाख्रामा अचानक देखिने गम्भीर समस्या हो । धेरै दाना, दूध वा हरियो घाँस एक्कासि धेरै खुवाउँदा, आहार अचानक परिवर्तन गर्दा तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खाना खुवाउँदा यो रोग लाग्ने गर्दछ । आन्द्रामा स्वाभाविक रूपमा रहेको ब्याक्टेरियाले विष (टक्सिन) उत्पादन गरेपछि जनावर एक्कासि मर्ने गरेको उहाँको भनाइ छ ।

यो रोग लागेका भेडा–बाख्रामा अचानक मृत्यु हुनु, झट्का लाग्नु, गोलो–गोलो घुमिरहनु, टाउको ठोक्नु, असन्तुलन देखिनु, कहिलेकाहीँ अन्धोपन तथा पखाला लाग्ने जस्ता लक्षण देखिने गर्छन् । यस्ता लक्षण देखिएको केही घण्टा वा एक दिनभित्रै पशुको मृत्यु हुनसक्ने डा. घिमिरेले जानकारी दिनुभयो । यस प्रकारका रोगबाट बच्न नियमित खोप लगाउने र सन्तुलित आहारको व्यवस्था गर्नु सबैभन्दा प्रभावकारी उपाय रहेको उहाँले बताउनुभयो । विशेष गरी धेरै मोटाएका भेडा–बाख्रा उच्च जोखिममा रहने भएकाले किसानले आहार व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने डा. घिमिरेको सुझाव छ ।

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...