निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बाँकेमा ७५ थान इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाइयो

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेको सूचनालाई अनुसरण गर्दै बाँके जिल्लामा सर्वसाधारणले हालसम्म ७५ थान इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा ती हातहतियार बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सोही अनुरूप सर्वसाधारणले भरुवा बन्दुक, बारबोरलगायतका हातहतियार प्रहरीलाई बुझाएका हुन्।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लामा ५५५ जनाले हातहतियार राख्न इजाजत लिएका छन्। कतिपय व्यक्तिसँग दुई वा तीन वटासम्म हातहतियार तथा लाइसेन्स रहे पनि हालसम्म जम्मा ७५ थान मात्रै हातहतियार बुझाइएको पाइएको छ। हातहतियार खरखजाना ऐन, २०१९ अनुसार सुरक्षा चुनौतीका आधारमा इजाजत लिएर सर्वसाधारणले हतियार राख्न पाउने व्यवस्था छ। सोही कानुनअनुसार हतियार राखिएको भए पनि निर्वाचनको समयलाई ध्यानमा राख्दै हालसम्म नबुझाइएका हातहतियार बुझाउन पुनः आग्रह गरिने र अटेर गर्ने व्यक्तिको खोजी गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। नेपाल–भारत सीमासँग जोडिएको बाँके जिल्लामा निर्वाचन सुरक्षालाई सधैं चुनौतीका रूपमा लिइने भएकाले नाका बन्द, विशेष सुरक्षा गस्ती तथा विशेष चुनावी सुरक्षा योजना लागू गरी सुरक्षा व्यवस्था कडा बनाइने जिल्ला सुरक्षा समितिले जनाएको छ। जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षाका सबै आवश्यक उपाय अपनाइने बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...