राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उहाँलाई व्यक्तिगत सामाजिक सञ्जाल फेसवुकमा राखि घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनियता भङ्ग गरेको आरोपमा पक्राउ गरेको हो । बाणगंगा नगरपालिका ०८ धनेषपुरका रिखीराम भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारको कागजातहरु आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएकाे थियाे । गत माघ २६ गते भट्टराईले आफ्नाे फेसबुकमा सो कागजातहरु सार्वजनिक गरेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

उहाँलाई कपिलवस्तु नगरपालिका वडा २ मा पक्राउ गरिएको हो । भट्टराईले यसअघि पनि पटकपटक फेसबुक मार्फत व्यक्तिको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । भट्टराईमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको प्रहरी नायब उपरिक्षक सिंहले बताउनुभयो । जिल्ला अदालत कपिलवस्तुबाट दिन ०३ दिन म्याद थप गरि अनुसन्धान कार्य भई रहेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...