निर्वाचन प्रहरीलक्षित अभ्यास प्रदर्शन

Published on

काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले कालीकोटमा निर्वाचन प्रहरी (म्यादी) लक्षित अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले सदरमुकाम मान्ममा रहेको प्रहरी गणको मैदानमा म्याग्दी प्रहरीलाई निर्वाचनलाई शान्त पार्न गरिने कामको डेमो देखाएर अभ्यास गराइएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपि हेमवहादुर खत्रीले निर्वाचन प्रहरीलाई पनि सुरक्षा माप्दण्डका बारेमा जानकारी दिने उद्देश्यले अभ्यास गरिएको बताउनुभयो । डिएसपी खत्रीले औपचारिक रुपमा संयुक्त अभ्यास केही दिन चल्ने बताउनुभयो । जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्को दिन हामी संयुक्त अभ्यास गराउँछौ, आज निर्वाचन प्रहरीलक्षित मात्र हो, प्रहरी प्रमुख खत्रीले सुनाउनुभयो । 

जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख, निर्वाचन अधिकारी बिश्वमंगल शर्माले सुरक्षा अभ्यासको काम सुरक्षा निकायको आयोजनामा निर्वाचनमा खटिने कर्मचारीको ब्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ब्यवस्थापन जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा मतहरु बदर हुन नदिनेदेखि निर्वाचनमा मतदान गर्न आउँदा साथ हुनुपर्ने कागजपत्रका बिषयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि अनुगमनकर्तालाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...