नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

Published on

काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्याङ्कन समितिले उक्त निर्णय गरेको हो ।

२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको थियो । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

धनकुटामा नयाँ अध्यायको दाबी गर्दै बिभत्सु थापा चुनावी मैदानमा

धनकुटा । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले स्थापना गरेको नीतिगत स्पष्टता, संस्थागत सन्तुलन र राष्ट्रिय दृष्टिकोणले...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ...

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य...

बहत्तर वर्षमा भुजेललाई नागरिकता

काठमाडौं । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको...