नेपालगन्ज भन्सारद्धारा सात महिनामा ११ अर्ब चार करोड भन्दा बढी राजस्व संकलन

Published on

काठमाडौं । पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ को सात महिनामा ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपियाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँले चालु आवको सात महिनाको अवधीमा गत आवको सात महिनाको तुलनामा नौ करोड २४ लाख रुपियाँ भन्दा बढी राजस्व संकलन भइ राजस्व संकलन बृद्धि हुने क्रममा रहेको बताउनुभयो । भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपियाँ राजस्व संकलन भएको थियो । 

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आवका लागि बार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा पुस मसान्तसम्म सात महिनामा ११ अर्ब चार करोड ६५ लाख ८५ हजार रुपियाँ अर्थात लक्ष्यको ४५ प्रतिशत असुली भएको छ । लक्ष्य पुरा गर्नका लागि बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नु पर्ने देखिएकोले यो वर्ष पनि लक्ष्य पुरा नहुने संकेत देखिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ ।चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघ महिनामा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व असुली भएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो  भने त्यसको अघिल्लो आर्थिक २०८०÷०८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो । 

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात बृद्धि भइ भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिएपनि केही वर्ष यता लक्ष्य पुरा हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाईएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिंदै आएको छ  । गोरखापत्र

spot_img

ताजा समाचार

भाषण होइन, अब काम गरेर देखाउँछु : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार...

स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा

काठमाडौं । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको...

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम...

सल्यानका १६ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु

काठमाडौं । जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन...