भाषण होइन, अब काम गरेर देखाउँछु : नेता कोइराला

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला यतिबेला विराटनगरका भित्री बस्ती र टोलहरूमा पुगेर जनभावना बुझ्न व्यस्त हुनुहुन्छ । चुनावी अभियानका क्रममा विराटनगर–६ को ब्रह्मपुरा टोल पुग्नुभएका नेता कोइरालाले विराटनगरको मुख्य क्षेत्रभन्दा नहर पश्चिमको भूभाग विकासमा पछि परेको यथार्थ स्वीकार गर्दै यस क्षेत्रको विकासमा विशेष ध्यान दिने वाचा गर्नुभएको छ । स्थानीय बासिन्दासँगको भेटघाटमा डा. कोइरालाले भन्नुभयो, “विराटनगरको नहर पश्चिम क्षेत्र अझै पनि गाउँ जस्तो देखिन्छ, यहाँको विकासलाई गति दिनु मेरो पहिलो प्राथमिकता हो ।” उहाँले विराटनगरका भित्री वडा ६, ५, ४, ११ र १२ को समुचित विकास नै समग्र विराटनगरको विकासको आधार भएको उल्लेख गर्नुभयो । विकासको प्यास मेट्न आफूले ठोस योजना अघि सारेको बताउँदै उहाँले भन्नुभयो, “अब भाषण मात्र होइन, काम गरेर देखाउने बेला आएको छ ।”

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि उहाँले तत्कालै पहल गर्ने वचन दिनुभयो । “सुकुम्बासी समस्या समाधानका लागि म दुई–तीन दिनभित्रै सुकुम्बासी आयोगका सदस्यलाई यहाँ पठाउँछु, तपाईंहरूसँगै बसेर समाधानको बाटो खोजिनेछ,” कोइरालाले भन्नुभयो । सुकुम्बासी टोलमा पुगेर उहाँले दिनुभएको यो आश्वासनले स्थानीयमा नयाँ आशा जगाएको छ । यस्तै, केशलिया र बुढीखोलाको कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै कोइरालाले त्यसमा स्थानीय जनशक्तिलाई नै परिचालन गरिने बताउनुभयो । “केशलियामा तटबन्धको डिपिआर  भइसकेको छ, बोलपत्र (टेन्डर) भए लगत्तै काम सुरु हुन्छ । त्यहाँ काम गर्ने अवसर अरूले होइन, यसै क्षेत्रका दाजुभाइ दिदीबहिनीले पाउनुहुनेछ,” उहाँले थप्नुभयो । कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले स्थानीय मैथिली भाषामा डा. कोइरालाको व्यक्तित्व र विकासप्रतिको लगावको चर्चा गर्नुभयो । कार्कीले भन्नुभयो, “डा. शेखर कोइराला तपाईंहरूको दुःखसुखको साथी हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनु भनेको विराटनगरको भविष्य उज्ज्वल बनाउनु हो ।”

डा. कोइरालाले यसअघि शिलान्यास गरिएको अस्पताल र ज्येष्ठ नागरिक भवनलाई पूर्णता दिने अठोट समेत व्यक्त गर्नुभयो । बजेट अभावले केही ढिलाइ भए पनि अब सो कार्यलाई छिट्टै अघि बढाइने उहाँको भनाइ थियो । चक्रपथ (रिङ रोड) को विस्तार र प्रादेशिक संरचनाको निर्माणले यो क्षेत्रलाई आधुनिक विराटनगरको नयाँ केन्द्र बनाउने उहाँले दाबी गर्नुभयो । यस क्षेत्रबाट पाँचौँ पटक निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. कोइराला यसअघि तीन पटक निर्वाचित भइसक्नुभएको छ । यद्यपि, अधिकांश मतदाता भने यस पटक पुराना नेता र दलहरूप्रति उत्ति सकारात्मक देखिँदैनन् । नेताहरू गाउँटोलमा प्रवेश गरेपछि विस्तारै सुरुवाती माहोलमा केही परिवर्तन देखिन थालेको नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति दीपक चापागाईँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा

काठमाडौं । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको...

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम...

सल्यानका १६ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु

काठमाडौं । जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन...

नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

काठमाडौं । नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल...