महोत्तरीमा मतपत्रसहित निर्वाचन सामग्री आइपुग्यो

Published on

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सबै निर्वाचन सामग्री महोत्तरी जिल्ला आइपुगेको छ। मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, क्रमसङ्ख्यासहितका मतपेटिका, सुरक्षा सिल, रातो र कालो स्टिकर, रङ्गीन तथा सादा फोटोसहितको मतदाता नामावली लगायत ८१ प्रकारका सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगबाट प्राप्त समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र नेपाली सेनाको सुरक्षा स्कर्टिङमार्फत चारवटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा वितरण गरिएको छ। परिकौलीस्थित गोरखनाथ गणका सेनानी रामप्रसाद लामिछानेका अनुसार क्षेत्र नं. १ (बर्दिबास), २ (बनौटा), ३ (जलेश्वर) र ४ (रामगोपालपुर) मा रातिसम्म मतपत्र वितरण पूरा भइसकेको छ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झालेले जानकारी दिँदै भन्नुभयो, “पहिले प्राप्त अन्य मतदान सामग्री पनि चारवटै निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। सामग्री व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ। निर्वाचनमा खटिने कर्मचारीको नियुक्ति र परिचालन कार्यसमेत जारी छ।” जिल्ला निर्वाचन कार्यालयका अनुसार महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा ५३९ मतदान अधिकृत, ५३९ सहायक मतदान अधिकृत, १ हजार ६०८ सहायक कर्मचारी र ५३९ कार्यालय सहयोगीसहित कुल ३ हजार ६०८ कर्मचारी परिचालन गरिएको छ। खटाइएका सबै मतदान अधिकृत तथा सहायक अधिकृतलाई निर्वाचनसम्बन्धी प्रशिक्षण पनि प्रदान गरिएको छ। प्रशिक्षणमा निर्वाचन निर्देशिका, नियुक्तिपत्र बुझेको समयदेखि मतपेटिका बुझाउने समयसम्मको जिम्मेवारी, मतदान केन्द्रमा प्रयोग हुने अनुसूची तथा प्रक्रिया लगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई नमुना मतदानको अभ्याससमेत गराइएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले बताउनुभयो।

निर्वाचन अधिकृतका कार्यालयका अनुसार प्राप्त मतपत्रसहितका सामग्री जिल्लाका २५८ मतदानस्थलमा कायम ३ अस्थायी केन्द्रसहित ५३९ मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ। जिल्लाको सबैभन्दा ठुलो भूभाग ओगटेको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ५९ मतदानस्थलमा रहेका १३० मतदान केन्द्रमा सामग्री वितरण अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र प्राप्त भइसकेकाले अब सामग्री प्याकिङ र ढुवानीमा प्राथमिकता दिइएको छ। निर्वाचन सामग्री समयमै आइपुगेसँगै महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको...

कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी

काठमाडौं । कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको...

स्याङ्जामा ३८ महिला मतदान अधिकृत

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले...

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ,...