लमजुङका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लमजुङका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका छन् । सदमुकाम बेँसीसहरको जनविकास माध्यामिक विद्यालय मतदान स्थलमा रहेका दुई वटा केन्द्रमा महिला कर्मचारीले मात्रै जिम्मवारी पाएका हुन् । यहाँको दुवै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी सवै महिला कर्मचारी खटाइएको छ । जनविकास ‘क’ मा ५८८ र ‘ख’ केन्द्रमा ६३७ मतदाता रहेका छन् । ‘क’ केन्द्रमा एकीकृत सेवा कार्यालयको प्रमुख मीताकुमारी थापाले मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको छ भने सहायक मतदान अधिकृतमा भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयकी मेलिना खड्का, सहायक कर्मचारीमा सीता थापा पन्थी, शान्ति गुरुङ, लक्ष्मी रिमाल र सहयोगी कर्मचारीमा योचिनी गुरुङ रहनुभएको छ ।  

यसैगरी, ‘ख’ मतदान केन्द्रमा मध्यनेपाल नगरपालिकाको अधिकृत मञ्जु थापा मगर मतदान अधिकृत हुनुहुन्छ, भने सहायक मतदान अधिकृतमा मर्स्याङ्दी गाउँपालिकाकी चन्द्रकुमारी गुरुङ हुनुहुन्छ । सहायक कर्मचारीमा सरिता थारू, बविता विश्वकर्मा, राधा ज्ञावाली र सहयोगी कर्मचारीमा शिलाकुमारी श्रेष्ठ रहनुभएको छ । यी मतदान केन्द्रमा सुरक्षाकर्मीको टोली पनि महिला नै खटाउने गरी छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह  गौतमले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १९२ मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहित कर्मचारीहरूको नामावली सार्वजनिक गरिसकेको छ । निजामती कर्मचारी र प्राथामिक तहका शिक्षकहरूलाई समेत समावेश गरी एक हजार १५२ जना निर्वाचनमा खटिनुभएको छ ।  लमजुङमा १३० मतदान स्थलमा १९२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेका छन् ।

लमजुङमा ११ दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेकोमा एक जना मात्र प्रत्यक्षतर्फ महिला उम्मेद्वार रहनुभएको छ । एक लाख ३७ हजार १२४ जना मतदातामा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या एक हजार ९२४ ले बढी छ । गोरखापत्र

spot_img

ताजा समाचार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको...

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई...