काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक सय २७ मतदान केन्द्रका लागि निर्वाचन अधिकृत साहयक निर्वाचन अधिकृत, साहयक कर्मचारी र कार्यलय सहयोगी गरी ७६० जना कर्मचारी निर्वाचन सम्पन्न गर्न खटिने भएका हुन् । निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखिकरण र नियुक्ती पत्र वितरण बुधवार बिहवार गरि दुई दिन सम्म सञ्चालन भएको छ । नौ वटा स्थानीय तहका ८२ वटा वडामा रहेका १०३ मतदान स्थलका १२७ मतदान केन्द्रका लागि कर्मचारीलाई आबस्यक अभिमुखिकरण सहित परिचालन गरिएको मुख्यनिर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिश कुलप्रसाद दाहालले जानकारी दिनुभयो ।
निर्वाचनमा दुई हजार वढी सुरक्षाक्रर्मी पनि परिचालन भएका छन् । निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका हुन् । पाँच सय ९ जना नेपाल प्रहरी, चार सय जना नेपाली सेना, २८५ सशस्त्र प्रहरी र एक हजार १०२ जना निर्वाचन प्रहरी (म्यादी) गरि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका छन् । जिल्लाका ७४ मतदान स्थल अति संवेदनशील रहेका छन । २९ वटा मतदान स्थललाई संवेदनशीलको सुचिमा राखिएको छ । कुनै भौगोलिक रुपमा त कुनै उम्मेदवारका आफ्नै मतदान स्थल भएकाले जिल्ला सुरक्षा समितिले संवेनशील स्थलका रुपमा राखेको छ । सशस्त्र द्धन्द्धको समयमा निकै प्रभाबित जिल्ला कालीकोट भएको र युद्धका सहयात्री चुनावी मैदानमा भएकाले कालीकोट जिल्लाका प्राय मतदान स्थल संवेदनशील सुचीमा रहेका छन् । गोरखापत्र

