निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम

Published on

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफूले पाएको म्यान्डेट अनुसार निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सतप्रतिशत प्रयास गरिरहेको बताउनुभएको हो । मन्त्री इङनामले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने काममा भने अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्विकार समेत गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सफलता हासिल गर्न नसक्नुमा विभिन्न पक्षहरु रहेको उल्लेख गर्दै मन्त्री इङनामले त्यसले विश्लेषण गरेर बस्ने अवस्था अहिले नभएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो,‘सरकारले दैनिक गर्नुपर्ने प्रशासनिक कामहरु गरिरहेको छ । भ्रष्टाचार नियन्त्रणको कुरा निकै जटिल भएकाले यसमा अपेक्षित रुपमा काम भएजस्तो मलाई पनि लाग्दैन । यसका धेरै कारणहरु होलान । यसका बारेमा यहाँहरुलाई पनि जानकारी नै होला । अव यसको विश्लेषण गरेर बस्ने कुरा त्यति सान्दर्भिक पनि हुँदैन होला । जहाँसम्म निर्वाचनको कुरा छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको छ । अब दुई, तीन दिन पर्खेर मत हाल्न मात्रै बाँकि छ । र, त्यो मतपेटिका गन्न मात्रै बाँकि छ । सुरक्षा अवस्था, निर्वाचनको तयारीहरु र कर्मचारीहरुको व्यवस्था यी सबै काम तयारी भइरहेको नै देखिन्छ । सरकार बन्दाको जुन म्यान्डेट छ । त्यसैमा आधारित छ । त्यो भनेको सरकार निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गर्न सकोस । समयमा निर्वाचन गराउनका लागि सबै वातावरण बनाओस् । त्यसमा सरकार सतप्रतिशत लागेको छ । यसमा सरकारको सम्पूर्ण प्रयासहरु छ ।’ मन्त्री इङनामले सरकारले निर्वाचनलाई प्रभावित पार्ने खालको कुनै पनि गतिविधिलाई निस्तेज पार्ने काम गरिरहेको जिकिर पनि गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको...

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई...