इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

Published on

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । भारतीय राजदूताबासको सहयोग र इलाम नगरपालिकाको लागत साझेदारीमा नयाँ भवन निर्माण सुरु भएको इलाम नगर पालिकाले जनाएको छ । भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागेको इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले बताउनुभयो । दाहालका अनुसार दुताबासको ९० प्रतिशत रकम र नगरपालिको दश प्रतिशत लागत साझेदारीमा भवन निर्माण पुरा हुनेछ । 

अर्थ डिजाइनर्स एन्ड डेभलोपर्स प्रालि हेटाैँडा ६ मकवानपुरले ठेक्का पारेरे सुरु भएको भवनका आगामी २०८४ जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । निर्माण हुने दुई तले पक्की भवनमा आकस्मिक सेवा साथै आइ सियु, अप्रेसन थ्रिएटर, ओपीडी सहित अन्य वार्डहरु सञ्चालन हुने इन्जिनियर दाहालले जानकारी दिनुुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई...

निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष...