मतदाता गाउँ फर्किएपछि बेनी बजार सुनसान

Published on

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताहरु गाउँफर्किन थालेका छन् । मतदाताहरु गाउँ फर्किन थालेपछि बेनी बजार सुनसान हुन थालेको छ । विभिन्न पेसा, व्यावसाय, रोजगारी र अध्ययनका लागि बेनीमा बसोबास गर्दै आएका सर्वसाधरणहरु भोलि हुने निर्वाचनबाट आफ्नो प्रतिनिधि चयन गर्न गाउँ फर्किन थालेपछि बजार सुनसान बन्दै गएको हो ।

हिजोसम्म बजारमा चहलपहल भए पनि बुधबार बिहानैदेखि सुनसान हुनथालेको छ । बजारमा रहेका विद्यालय,सरकारी कार्यालय, विभिन्न संघसंस्थाका कार्यालयहरु आजदेखि बन्द भएका छन् । बजारमा सञ्चालित पसल तथा होटलहरु बन्द समेत आजदेखि बन्द हुनथालेका छन् । मतदाताहरु गाउँ पुग्न थालेपछि निर्वाचन अघि सुनसान भएका गाउँहरुमा यतिखेर चहलपहल बढेको छ । बेनी लगायत देशका विभिन्न सहरहरुमा बसोबास गर्नेहरु पनि मतदान गर्न गाउँ आउन थालेका छन् । निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुका कारण पनि गाउँमा चहलपहल बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा...

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

काठमाडौं । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन...