टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा राति ७:१५ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ । यता न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका सुपर आठको समूह–१ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । न्युजिल्यान्ड समूह–२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ । यसअघि न्युजिल्यान्ड सन् २०२१ को विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो । यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ । अघिल्लो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई नतिजा सुम्पिएको थियो । यी दुई टोलीबिचको विगतको नतिजा भने दक्षिण अफ्रिकाको पक्षमा छ । यसअघि दुई टोलीबिच पाँच वटा टी–२० भिडन्त भएको छ । जसमा दक्षिण अफ्रिकाले सबै खेल जितेको छ । यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । फाइनल भिडन्त आइतबार हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

काठमाडौं । इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको...

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

काठमाडौं । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा...

अष्ट्रेलियामा कँडेल कपको तयारी

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको...