बाजुरामा सवारी साधन सञ्चालनमा रोक

Published on

काठमाडौं । बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको सुरक्षा व्यवस्था गर्ने गरी फागुन २० गते राती १२ बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि बाजुरामा सञ्चालन हुने सार्वजनिक तथा निजी सबै सवारी साधनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशसान कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले, “ निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बाजुराका फागुन २० गते राती बाह्र बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्म सवारी साधन सञ्चालनमा रोक लगाएको बताउनुभयो ।

उहाँले भन्नभयो,“जिल्लामा अत्यावश्यकका सवारी साधन एम्बुलेन्स दमकल रक्त सञ्चार शब बहन सुरक्षा निकायका सवारी साधन विद्युत मर्मत, खानेपानी, ढलमर्मत, दुरसञ्चार मर्मतका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।” फागुन २० गते राती १२ बजे देखि निर्वाचन सम्पन्न नहुँदा सम्म यदि कोही कसैले यो नियमको उलङ्घन गरी गाडी चलाएको पाइएमा निजलाई आवश्यक अनुसारको कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...