निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आग्रह

Published on

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन  आग्रह गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेस गर्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौँ वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने छ । निर्वाचन कार्यालयले जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको थापाको भनाइ छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ बाट एक स्वतन्त्र सहित ११ दलका १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्रसहित १० दलका १२ जना उमेदवार प्रतिस्पर्धामा रहेका थिए । दुवै क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक मतगणना सकिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

काठमाडौं । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त...

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक तर्फ ९२ हजारभन्दा बढी मत बदर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न...

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा : प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल

काठमाडौं । अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेन...

अमेरिकी हतियार सार्ने तयारी : सियोल भन्छ, ‘सुरक्षामा फरक पर्दैन’

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण...