तीन लाख ७० हजार पर्यटक मुस्ताङमा, जाडोयाममा पनि चहलपहल

Published on

काठमाडौं । मुस्ताङमाा चालु आर्थिक वर्ष २०८२/०८३ सालको ८ महिनाको अवधिमा झण्डै तीन लाख ७० हजार स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सडक तथा हवाई र पदमार्गबाट मुस्ताङमा साउनदेखि फागुन महिनामा ८३ हजार ४ सय ५६ जना विदेशी पर्यटक र २ लाख ८६ हजार ४ सय ६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । यो अवधिमा विदेशी पर्यटकमा पुरूष ५२ हजार २ सय ५१ जना, महिला ३१ हजार १ सय ८४ जना र अन्य २१ जना रहेका छन् । त्यसैगरी स्वदेशी पर्यटकमा पुरूषतर्फ १ लाख ५७ हजार २ सय ५१ जना र महिला १ लाख २९ हजार १ सय ५५ जना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।

प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, ‘‘मुस्ताङ प्रवेश गर्ने अधिकांस पर्यटक नै हुन्छन्, करिब एकसातासम्म विताउनेमा धेरै विदेशी हुन्छन्, नेपालीको यात्रा छोटा हुन्छ ।’’ पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सञ्जालको सहजतासँगै कठ्याङ्ग्रिँदो चिसोमा समेत पर्यटकको चहलपहल देखिएको छ । यो अवधिमा साना ठुला सवारीसाधन ९२ हजार ५८५ मुस्ताङ प्रवेश गरेको देखिन्छ । मुस्ताङमा भित्रिने अधिकांस प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध म्याग्दीको राउण्ड धौलागिरी र अन्नपूर्ण पदमार्गको थोरङला पास पदमार्ग, सडक र हवाई मार्गबाट भित्रिने पर्यटकहरू चिनको तिब्बतको सिमानामा रहेको कोरला नाकासम्म पुग्ने गरेका छन् । दिर्घरोगी तथा बालबालिकालाई समस्या हुने भएकाले प्रहरी चौकी घाँसाबाट सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको छ ।  

जाडोयाममा विदेशी र स्वदेशी पर्यटकको चहलपहल उपल्लो मुस्ताङको लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा  न्यून हुने गरेपनि चैत्र महिनादेखि पर्यटकको आगमन विस्तारै बढ्न थालेको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले सिजनमा पर्यटकलाई बसाईको अभाव हुने गरेकाले अब होटलले क्षमता विस्तार सहितका कार्यहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  अध्यक्ष लालचनले भन्नुभयो, ‘‘जाडोयाम बाहेक अन्य समयमा यहाँ पर्यटकको सेवामा भ्याइनभ्याई हुन्छ, अब होमस्टे सहितका बैकल्पिक ब्यवस्थापन पनि गर्नुपर्छ ।’’ प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर, प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...