मोटरसाइकलको ठक्करबाट तीन बालिका घाइते

Published on

काठमाडौं । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–३, हात्तीसुडे बजारमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना बालिका घाइते भएका छन् । धरान–चतरा सडकखण्ड अन्तर्गत सोमबार फापरबारीबाट हात्तीसुडेतर्फ आउँदै गरेको बा. ७० प. ६७११ नम्बरको मोटरसाइकलले विद्यालय जाँदै गरेका पैदल विद्यार्थीलाई ठक्कर दिएको हो । दुर्घटनामा बकैया गाउँपालिका–३, हात्तीसुडे बस्ने १३ वर्षीया ईशा राई, १४ वर्षीया दिक्षा राई तथा बकैया गाउँपालिका-८, दमास बस्ने १४ वर्षीया जमुना दाहाल घाइते भएका छन् ।

घाइतेमध्ये ईशा राईको टाउको र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दिक्षा राईको खुट्टा र दाहिने कम्मरमा चोट लागेको छ भने जमुना दाहालको बायाँ आँखामुनि र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा ल्याइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङका अनुसार प्रहरी चौकी हात्तीसुडेका प्रहरी नायब निरीक्षक कृष्णकुमार लामाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। मोटरसाइकल चालक बकैया गाउँपालिका–३, जलजले बस्ने २३ वर्षीय अर्जुन भोलन घाइते हुनुभएको छ र उहाँको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...