खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

Published on

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हावाहुरीले केही विद्यालय भवन, टहरा र गोठहरूमा समेत क्षति पुर्‍याएको छ। हावाहुरीकै कारण जिल्लाभर विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्दिपा गाउँको एउटै टोलमा करिब १५ घरको छाना उडेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो। च्यास्मिटार, डिकुवा, बाहुनीडाँडा र धितुङलगायतका स्थानमा गरी करिब २५ घरमा क्षति पुगेको उहाँले बताउनुभयो। सबै स्थानको यकिन विवरण वडा कार्यालयमार्फत सङ्कलन भइरहेको उहाँको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे ९हरमटार० का युवराज भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ र रमेश श्रेष्ठ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ का सुनसरी राई, बाम्राङका पदमबहादुर कट्वाल तथा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका छविलाल सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीका घरमा क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी रहेको र यकिन तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

चालापास्थित जनता आधारभूत विद्यालयको भवनको छाना पनि हावाहुरीले उडाएको छ। साथै, रुख ढलेका कारण जिल्लाका धेरै ग्रामीण सडक अवरुद्ध भएका छन्। हावाहुरीका कारण सदरमुकामसहित जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ। जलजले र ओखलढुंगाबाट आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको दिक्तेल वितरण केन्द्रले जनाएको छ। जलजलेबाट आउने लाइन रसुवासम्म मर्मत भइसकेको र हाल राजापानी क्षेत्रमा मर्मत कार्य भइरहेको छ। अन्य स्थानमा पनि पोल ढलेकाले मर्मतमा समय लाग्ने जनाइएको छ। चैत ३ गते साँझसम्म विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको वितरण केन्द्रले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल नेटवर्कमा समेत समस्या देखिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबिच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...