लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

Published on

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–१४ स्थित गङ्गा माध्यमिक विद्यालयमा चार कोठे पक्की भवन निर्माण कार्य अघि बढेको छ। उक्त भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा  ४० लाख बजेट विनियोजन गरेको छ। विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएको तर पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा समस्या परेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो।

यस क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले निर्माण कार्यको चासो राख्दै योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ। सांसद पाठकका अनुसार, स्थानीय शैक्षिक पूर्वाधारको विकास र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यो बजेट पहल गरिएको हो। भवन निर्माणको प्रगतिबारे सांसद पाठकले भन्नुभयो, “शिक्षा क्षेत्रको विकास नै समृद्धिको आधार हो। गङ्गा माध्यमिक विद्यालयको भौतिक सुधारका लागि हामीले बजेटको व्यवस्था गरेका हौँ र यसलाई तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण समिति र विद्यालय प्रशासन सक्रिय रहनुपर्छ।”

विद्यालय व्यवस्थापन समिति र स्थानीय बासिन्दाहरूले पनि भवन निर्माणका लागि बजेट विनियोजन भई काम अघि बढेकोमा खुसी व्यक्त गरेका छन्। नयाँ भवन सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने र कक्षाकोठाको अभाव हट्ने विश्वास लिइएको छ। भवन निर्माण कार्यलाई पारदर्शी र गुणस्तरीय बनाउन स्थानीय सरोकारवालाहरूले नियमित निगरानी गरिरहेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

काठमाडौं । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न...