प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

Published on

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो । उसका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ र कप्तान रोहित पौडेलले नौ रन जोडे बागमतीका लागि रिजन ढकालले चार विकेट लिए ।

साथै इसान पान्डेले दुई विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र सोनु देबकोटाले समान एक÷एक विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश  गरी १० टोलीको सहभागीता रहेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । गोरखापत्र

spot_img

ताजा समाचार

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको...

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता...

नेविसंघको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई...

मानवअधिकार संस्थाद्वारा नौवस्ता कारागारको अनुगमन

काठमाडौं । मानव अधिकारवादी संस्था इन्सेक र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले बाँकेस्थित नौवस्ता कारागार...