लमजुङमा किन घट्दै छ चैते धान खेती ?

Published on

काठमाडौं । विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ सय हेक्टर जमिनमा चैते धान खेती गरिने गरिएकोमा आजभोलि मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदैआएको हो । पर्याप्त सिँचाइको व्यवस्था नहुँदा र श्रमशक्ति हराउँदै जाँदा चैते धान खेती घट्दैगएको कृषि विकास कार्यालय लमजुङले जनाएको छ । धान रोप्ने समयमा सिँचाइको अभाव र भित्र्याउने बेलामा मौसम अनुकुल नहुँदा क्षति हुने भएकाले किसानहरुले चैते धान खेती कम गर्दैगएको कृषि विकास कार्यालय लमजुङका अर्थ विज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “चैते धान खेतीको पर्याप्त तथ्याङ्क त राख्ने गरिएको छैन, तर विगतको तुलनामा यसवर्ष चैते धानखेती घट्ने पाएका छौं ।” खाध्य सुरक्षाका दृष्टिकोणले चैतेधान खेती बढाउनुपर्ने भए पनि सिँचाइ र किसानलाई पर्याप्त सहयोग गर्न नसकिएको उहाँले बताउनुभयो । नहर तथा कुलो लाग्ने केही स्थानमा किसानले चैते धान रोपाइँ गर्ने गरेका छन् । फागुनको अन्तिम सातादेखि चैतेधान रोपाइँ सुरु भएको हो । लमजुङको राइनास नगरपालिकाको धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, मध्यनेपाल नगरपालिकाको भोर्लेटार, इशानेश्वर, करापु, सुन्दरबजार नगरपालिकाको दुराडाँडा, सुन्दरबजार, मस्र्याङ्दी, दोर्दी, क्व्होँलासोँथरका केही भागमा चैते धान रोपाइँ हुन्छ । 

यस वर्ष राइनास नहर विग्रिएका कारण धान रोपाइँमा समस्या भएको किसानहरुले बताएका छन् । अन्य नगदे बालीबाट आम्दानी बढी हुने भएपछि किसानहरुले धान खेती घटाउँदै गएको कृषि प्राविधिकको विश्लेषण छ । धानको सट्टा किसानहरुले नगदे बालीको रुपमा तरकारी, आलु, खरबुजाजस्ता बाली लगाउन थालेका छन् । लमजुङमा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । यसमध्ये १६ हजार हेक्टरमा मात्र बर्खे धान खेती गरिन्छ । सिँचाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती विस्तार गर्न सकिने कृषि विकास कार्यालयका प्राविधिकहरुको भनाइ छ । कृषि विकास कार्यालयको प्राविधिक सम्झाना सेढाइँका अनुसार चैते धानको खेती गरिरहेका किसानहरुले हर्दिनाथ –१, अर्वाली, जुडी लगायत जातका धान लगाउने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...