‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने

Published on

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपालचीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित गर्दै करिब ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कार्य भने सुरु हुन बाँकी छ । वर्षायाममा निरन्तर बाढी, पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुँदा नाका सञ्चालनमा ठूलो असर पर्ने गरेको छ ।गत वर्ष मात्रै दर्जनौँ पटक सडक अवरुद्ध हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलनसमेत प्रभावित भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । हाल सुरु हुन लागेको यो परियोजना नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) कार्यक्रम मानिएको छ ।अरनिको राजमार्गको चीन सीमाक्षेत्र नजिक पर्ने ११३ किलोमिटर खण्डमा रहेको यो पहिरो विगत एक दशकदेखि पटक पटक अवरुद्ध रहँदै आएको छ । पहिरोका कारण सडक मात्रै होइन, माथिल्लो बस्तीका करिब २५० भन्दा बढी घरसमेत उच्च जोखिममा परेका छन् ।सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार पहिरो नियन्त्रणका लागि ३० मिटर गहिराइसम्म ‘सोइल तथा रक एङ्कर रड’ जडान गरी ग्राउटिङ गरिनेछ । 

साथै, सडक सुरक्षाका लागि एमएसई वाल निर्माण र पानी व्यवस्थापनका लागि प्रभावकारी ड्रेनेज प्रणालीसमेत विकास गरिने योजना छ । निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण तथा स्रोतसाधन कार्यस्थलमा पुर्‍याइसकेको जनाएको छ । कम्पनीका सञ्चालक टंकनाथ ढकालले यो सामान्य सडक निर्माण नभई जटिल इन्जिनियरिङ परियोजना भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार केही प्रक्रियागत ढिलाइका कारण काम सुरु हुन नसके पनि अब चाँडै नै निर्माण थालिनेछ ।आगामी असार मसान्तसम्म मुख्य काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ, ताकि वर्षायाम सुरु हुनु अघि नै जोखिम न्यूनीकरण गर्न सकियोस् । स्थानीय बासिन्दा तथा व्यवसायीहरूले पनि वर्षा अघि नै दीर्घकालीन समाधानको अपेक्षा गर्दै काम तीव्र गतिमा अघि बढाउन दबाब दिइरहेका छन् । यदि समयमै काम सम्पन्न भएमा नेपालचीनबीचको व्यापारिक आवागमन सहज हुने र बारम्बारको अवरोध अन्त्य हुने विश्वास व्यवसायीहरुले गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको...

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता...

नेविसंघको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई...

मानवअधिकार संस्थाद्वारा नौवस्ता कारागारको अनुगमन

काठमाडौं । मानव अधिकारवादी संस्था इन्सेक र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले बाँकेस्थित नौवस्ता कारागार...