सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

Published on

 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताउनुभएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै प्रवक्ता चालिसेले हालसम्म धारणा राख्ने ४६ जना केन्द्रीय सदस्य सबै राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँका अनुसार बैठक मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी दुई विषयमा केन्द्रित छ ।

बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ । प्रवक्ता चालिसेले भन्नुभयो, “निर्वाचनको समीक्षा र सभापतिको राजीनामाका विषयमा छलफल भइरहेको छ । बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीले राय राख्नुभएको छ । हालसम्म बोल्ने सबै केन्द्रीय सदस्यले राजीनामा फिर्ता हुनुपर्नेमा एकमत जाहेर गर्नुभएको छ ।” प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...