इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

Published on

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी ऊर्जा पूर्वाधारमाथिको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका छन् । तर इरान ले भने कुनै वार्ता नभएको स्पष्ट पारेको छ । हर्मुज जलक्षेत्र ४८ घण्टाभित्र नखोले सम्पूर्ण इरानी पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनीपछि आक्रमण स्थगित गरिएको खबर आएको हो । तर इरानले शान्ति वार्ताको दाबी अस्वीकार गर्दै अहिले पनि द्वन्द्वको अवस्था कायम रहेको जनाएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर घालीबाफ ले वासिङ्टनसँग वार्ताका लागि तेहरान तयार नभएको बताएका छन् । उनले इरानी जनताले आक्रमणकारीलाई सजाय दिनुपर्ने माग गरिरहेको उल्लेख गर्दै ट्रम्पको अभिव्यक्तिको खण्डन गरेका छन् ।

इरानले अमेरिकासँग कुनै सम्पर्क नभएको जनाउँदै ट्रम्पको टिप्पणी तेल बजार र वित्तीय अवस्था सहज बनाउने उद्देश्यले गरिएको प्रचार मात्र भएको प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालय र फार्स समाचार एजेन्सीले पनि वार्तासम्बन्धी दाबी असत्य भएको बताएका छन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...