हुम्लामा खाना पकाउने ग्यास अभाव

Published on

काठमाडौं । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्या परेको हो। सदरमुकाम सिमकोट र अन्य छ वटा गाउँपालिकाका बजारमा ग्यासको अभाव देखिएको बताउँदै आदित्य जनरल स्टोरका सञ्चालक रेशम महतले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्ज–सुर्खेतबाट ग्यास आपूर्ति नियमित नभएको कारण हुम्लामा ग्यास अभाव देखिन थालेको हो। दैनिक ग्यास लिन आउने ग्राहकहरू सिलिन्डर नपाएपछि फर्किन बाध्य हुने गरेका छन्।

सिमकोटमा केही थान आधा भरिएका ग्यास आइपुगेका भए पनि ती पनि सकिसकेका छन्। ग्यास अभावका कारण आधा सिलिन्डर ग्यासको मूल्य उपभोक्ताले एक हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ। सर्केगार्ड गाउँपालिका केन्द्रकी उपभोक्ता वसन्ती शाहीले चार दिनदेखि बजारमा ग्यास अभाव रहेको बताउनुभयो। केही दिनअघि सर्केगार्डमा आइपुगेका २० वटा आधा भरिएका ग्यास उपभोक्ताले सबै खरिद गरेका थिए। यस्तै समस्या चङ्खेली गाउँपालिका (पिप्लाङ), खार्पुनाथ गाउँपालिका (याङ्चुबजार), अदानचुली गाउँपालिका (श्रीनगर) र ताँजाकोट गाउँपालिका (छप्रेला) मा पनि देखिएको छ।

दाउरामा निर्भर उपभोक्ता
ग्यास अभावका कारण स्थानीयवासीहरूले दाउरामा खाना पकाउने व्यवस्था गर्न थालेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रबाट विद्युत नियमित नभएकाले उपभोक्ताहरू दाउरामा निर्भर भएको स्थानीय जानकी बोहराले बताउनुभयो। ग्यास आपूर्ति सहज हुँदा दाउरा प्रयोग रोकिएको थियो, तर अहिले ग्यास अभाव पुनः भएपछि उपभोक्ताहरू दाउरामा निर्भर हुन बाध्य भएका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी...

इन्धन मूल्यवृद्धिको मारमा किसान

काठमाडौं । लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन,...

वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

 काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली...

नवनिर्वाचित सांसदको शपथ तयारी पूरा

काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा...