तीन जना लागुऔषध सेवनकर्ता पक्राउ

Published on

काठमाडौं । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना एकै वाडवासी हुन् । उनीहरु उपर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार बुधबार साँझ करिब ७ बजे खड्क नगरपालिका–१० फुलबरियास्थित सुन्दर चौधरीको घरमा लागुऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गरिएको थियो । सो क्रममा चौधरीको घरबाट प्रहरीले डाइजेपाम ११ एम्पुल, फेनरगन १० एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुलसहित विभिन्न आइफोन ११ प्रो, रेड्मी नोट १४ प्रो र रियलमी नोट ७० प्रो मोबाइल सेटहरू बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलबाट ३० वर्षीय सुन्दर चौधरीसहित, वाड नं. १० बेल्हाका २२ वर्षीय शुभास चौधरी र २१ वर्षीय राजाबाबु चौधरीलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ पुरीले बताउनुभयो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको र अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...