नवनिर्वाचित सांसदको शपथ तयारी पूरा

Published on

काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा सक्रिय भएको छ। बिहीबार अपराह्न २ बजे शपथ समारोह आयोजना हुने योजना छ। सहभागी सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि आज नवनिर्वाचित सांसदलाई केसीले शपथ ग्रहण दिलाउनुहुने तयारी छ। शपथ समारोहपछि सांसदहरुलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकका लागि तयारी भइरहेको जानकारी दिनुभयो।

निर्वाचनपछि संसदीय दलको कार्यालय पनि नयाँ सांसद संख्या अनुसार पुनः व्यवस्थापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र १ सांसद निर्वाचित भएका छन्। निर्माणाधीन नयाँ संसद् भवनमा प्रत्येक सांसदको अलग ‘चेम्बर’ व्यवस्था रहने छ। गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...