रूसको ऊर्जा क्षेत्रमा “गैजप्रोम”को नयाँ रणनीति

Published on

काठमाडौँ । रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीका सिइओ अलेक्ज्यान्डर ड्यूकोभले बिहीबार यहाँ उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिनुभएको छ । ड्यूकोभले भन्नुभयो, “यस वर्ष हामी हाइड्रोकार्बन, विशेष गरी तेलको उत्पादन बढाउने योजना बनाएका छौँ ।” उहाँले यो कुरा रूसी उद्योगपति तथा उद्यमी सङ्घको कांग्रेसको साइडलाइनमा व्यक्त गर्नुभएका थिए । कम्पनीको हाइड्रोकार्बन उत्पादन, जसमा संयुक्त उद्यममा कम्पनीको हिस्सा पनि समावेश छ, २०२४ मा ५.३ प्रतिशत वृद्धि भई १२६.९ टन तेल समतुल्यमा पुगेको थियो। तर २०२५ को तथ्याङ्क अहिलेसम्म सार्वजनिक भएको छैन ।

ड्यूकोभले रूसले विदेशी बजारमा मूल्य उच्च भएको कारण इन्धनको विदेशी निर्यातलाई रोक्न दुई-तीन महिनाका लागि पूर्ण पेट्रोलियम निर्यात प्रतिबन्ध लगाउनुपर्ने सुझाव पनि दिनुभएको छ । हाल रूसमा केवल गैर-निर्माताका लागि जुलाईसम्म पेट्रोलियम निर्यातमा प्रतिबन्ध छ, तर ठुला तेल कम्पनीलाई निर्यात गर्न अनुमति दिइएको छ । यो कदमले रूसको आन्तरिक इन्धन आपूर्ति सुनिश्चित गर्न र विदेशी बजारमा मूल्य नियन्त्रणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...