ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या दुई सय नाघ्यो

Published on

काठमाडौं । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । गत फागुन पहिलो सातादेखि फैलिएको सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिका–७, बोबाङ, वडा नं. ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा सङ्क्रमण तीव्र रूपमा फैलिएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रर बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन कक्ष बनाएर बिरामीको उपचार भइरहेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माका अनुसार सङ्क्रमितमध्ये १११ महिला र ९४ पुरुष छन् । उपचारमा आएका अधिकांश बिरामी निको भएर घर फर्किसकेका छन् भने हाल ११ जना उपचाररत छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा १३ जनामा दादुरा पुष्टि भएपछि पालिकाले सङ्क्रमण फैलिन नदिन खोप अभियान सञ्चालन गरेको थियो । ढोरपाटनसँगै छिमेकी निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा पनि सङ्क्रमित भेटिएपछि ती पालिकाले सतर्कता बढाएका छन् । तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले जोखिम कायमै रहेकाले विद्यालय र घरदैलोमा पुगेर सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि सङ्घीय र प्रदेश स्वास्थ्य मन्त्रालयका साथै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर उपचार र अनुसन्धानमा सहयोग गरेको छ । स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार हालसम्म ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ९१३ जना बालबालिका तथा किशोरकिशोरीलाई दादुरा विरुद्धको खोप लगाइएको छ । बालबालिकामा अत्यधिक ज्वरो आउने र शरीरमा बिबिरा देखिने समस्याका साथै अभिभावकहरूमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएकाले विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...