गृहमन्त्रीसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

Published on

काठमाडौँ । गृहमन्त्री  सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गर्नुभएको छ । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीले अहिलेसम्म गरेकोका काम र सुधार गर्नुपर्ने क्षेत्रका विषयमा छलफल गर्नुभएको हो । यसअघि सोमबार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै आवश्यक निर्देशन दिनुभएको थियो । 

छलफलमा राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको उपस्थिति रहेको छ ।बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल भएको छ। सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...