क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु

Published on

काठमाडौँ । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो ।

उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट यो क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ । दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रक्षा मन्त्रालयले प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना प्राविधिक खराबीका कारण भएको जनाएको छ । विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरिएको पनि मन्त्रालयको भनाइ छ ।

दुर्घटनास्थलका स्रोतहरूलाई उद्धृत गर्दै राज्य सञ्चालित तास र आरआइए नोभोस्तीले विमान चट्टानी क्षेत्रमा खसेको जानकारी दिएका छन्, जसका कारण क्षति झनै भयावह भएको बताइएको छ । एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...