काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गर्नुभएको छ । मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो । गोरखापत्र

