आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

Published on

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल ४७ करोड ५२ लाख ८९ हजार ८६ रुपियाँ ९७ पैसा राजस्व सङ्कलन गरेको थियो। यस वर्ष भने आठ महिनामै अघिल्लो वर्षको कुल राजस्वभन्दा करिब तीन करोड रुपियाँ बढी राजस्व उठेको हो। मालपोत कार्यालय इनरुवाले विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम इनरुवा सहित रामधुनी, इटहरी र दुहवी क्षेत्रमा घरजग्गा कारोबार बढेकाले राजस्वमा वृद्धि भएको जनाएको छ। सूचना अधिकारी तथा मालपोत अधिकृत सन्तोष दर्जीका अनुसार चालु आर्थिक वर्षमा ५१ करोडभन्दा बढी राजस्व सङ्कलन भए पनि वार्षिक लक्ष्यको १८.६२ प्रतिशत मात्र प्राप्त भएको छ।

उहाँले सहरी क्षेत्रमा प्लटिङ र उद्योग स्थापनाका लागि जग्गा कारोबार बढी हुने भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो। कार्यालयले सबैभन्दा बढी मङ्सिरमा नौ करोड ५६ लाख १४ हजार ७५६ रुपियाँ राजस्व सङ्कलन गरेको छ भने सबैभन्दा कम असोजमा चार करोड १९ लाख ६३ हजार ६९ रुपियाँ उठेको छ। साउन, भदौ, कात्तिक, पुस, माघ र फागुन महिनामा मासिक पाँच करोडदेखि आठ करोड रुपियाँसम्म राजस्व उठेको दर्जीले जानकारी दिनुभयो। घरजग्गा रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, जग्गा रोक्का, सेवा शुल्क तथा अन्य विविध शीर्षकबाट राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...