नयाँ वर्षमा मल्लरानीमा खाना महोत्सव हुँदै

Published on

काठमाडौं । प्यूठानको सदरमुकाम खलङ्गाको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा खाना महोत्सव हुन लागेको छ । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि चौथो खाना महोत्सव हुने भएको हो । प्यूठान उद्योग वाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३० र वैशाख १ गते महोत्सव आयोजना गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु उपलब्ध हुने महोत्सव मुल समारोह समितिका संयोजक तथा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी सहित, लोक नृत्य प्रतियोगिता, कलाकारहरुले साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव सञ्चालन गर्न आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...