कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

Published on

काठमाडौं । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो । शुक्रबार बिहान मात्र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले आफ्नो घर अगाडि वर्षौदेखि टहरा बनाएर सडकपेटी अतिक्रमण गर्नुभएकाले उहाँकै घर अगाडिबाट डोजर चलाएर सडकपेटी खाली गराउने अभियान सुरु गर्नुभएको छ । इनरुवा नगरपालिकाले पटक पटक ३५ दिने, १५ दिने, सात दिने र तीन दिने सूचना जारी गरेको भए पनि इनरूवाको अतिक्रमित सडकपेटीबाट घरटहरा नहटाई खाली नगरेकाले लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । तीन वर्षदेखि पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले बाध्य भएर अतिक्रमित सडकपेटी खाली गराउन अभियान नै सुरु गरेको उहाँको भनाइ छ । सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगर प्रमुख केदार भण्डारीसहितको नगरपालिका टिम नै डोजर लिएर सडकमा निस्किएको छ । 

नगर प्रहरीका साथै सुरक्षा निकायको रोहवरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा नगरपालिकाले गरेको जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगर प्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर कारबाहीमा उत्रनुपरेको बताउनुभयो । उहाँले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दा अटेर गरेको जानकारी दिनुभयो । पहिलो पटक आफ्नै घरको अगाडिको टहरामा डोजर चलेको विषयमा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले समयमा भत्काउन नसकेकाले आफ्नो घर अगाडिमा रहेको एउटा टहरा भत्काएको प्रतिक्रिया दिनुभयो । सबैलाई उहाँले सडकपेटी खाली गराउन आग्रह गर्नुभयो । फाराकिलो सडकपेटी आवश्यकता नभएको अवस्थासम्म बनाएको र अहिले नगरपालिकाले चलाएको अभियानलाई सफल पार्न आफ्नो घर अगाडि रहेको एउटा टहरा भत्काएकोमा कुनै आपत्ति नभएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...