राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

Published on

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको मिथिला नगरपालिकाभित्रका ६ जना खेलाडी छनोटमा परेका छन् । सीमित स्रोतसाधनका बीच पनि स्थानीय खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि स्थानीयमा खुशी छाएको छ । धनुषा हक्की सङ्घका सचिव दिवेशकुमार महतोका अनुसार मधेश प्रदेशबाट छनोट भएका नौ खेलाडीमध्ये छ जना मिथिला नगरपालिकाका छन् । बाँकीमध्ये दुई जना जनकनन्दनी गाउँपालिकाका र एक जना पर्सा जिल्लाका खेलाडी रहेका छन् ।

मिथिला नगरपालिकाबाट छनोट हुनेमा शर्मिला यादव, लक्ष्मिनियाँ कुमारी, मधुकुमारी साह, रोशन यादव, पुरुषोत्तम महतो र उमेश श्रेष्ठ रहेका छन् । त्यसैगरी जनकनन्दनी गाउँपालिकाबाट आशिका मण्डल र अङ्किता मुखिया तथा पर्साबाट मकेश्वर साह छनोटमा परेका छन् । छनोट भएका महिला हक्की खेलाडी भारतको लखनउमा आयोजना हुने नेपाल–इन्डो हक्की प्रतियोगितामा सहभागी हुने जनाइएको छ । उक्त प्रतियोगितामा भारतका छ टोली र नेपालसहित कुल सात टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

सचिव महतोले खेल सामग्री तथा पूर्वाधारको अभावका बाबजुद मिथिला नगरपालिकाबाट राष्ट्रिय टोलीमा उल्लेख्य सङ्ख्यामा खेलाडी छनोट हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, स्रोतसाधनको कमी हुँदाहुँदै पनि खेलाडीको लगनशीलता, मेहनत र परिश्रमकै कारण राष्ट्रिय टोलीको पर्न सकेको हो ।’ मिथिला नगरपालिका–२, नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा विगत पाँच वर्षदेखि महिला तथा पुरुष हक्की खेलाडी नियमित अभ्यास गर्दै आएका छन् । तर, खेल सामग्री र  खेलमैदानको स्तरउन्नतितर्फ जनप्रतिनिधिको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट ...