राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

Published on

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको मिथिला नगरपालिकाभित्रका ६ जना खेलाडी छनोटमा परेका छन् । सीमित स्रोतसाधनका बीच पनि स्थानीय खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि स्थानीयमा खुशी छाएको छ । धनुषा हक्की सङ्घका सचिव दिवेशकुमार महतोका अनुसार मधेश प्रदेशबाट छनोट भएका नौ खेलाडीमध्ये छ जना मिथिला नगरपालिकाका छन् । बाँकीमध्ये दुई जना जनकनन्दनी गाउँपालिकाका र एक जना पर्सा जिल्लाका खेलाडी रहेका छन् ।

मिथिला नगरपालिकाबाट छनोट हुनेमा शर्मिला यादव, लक्ष्मिनियाँ कुमारी, मधुकुमारी साह, रोशन यादव, पुरुषोत्तम महतो र उमेश श्रेष्ठ रहेका छन् । त्यसैगरी जनकनन्दनी गाउँपालिकाबाट आशिका मण्डल र अङ्किता मुखिया तथा पर्साबाट मकेश्वर साह छनोटमा परेका छन् । छनोट भएका महिला हक्की खेलाडी भारतको लखनउमा आयोजना हुने नेपाल–इन्डो हक्की प्रतियोगितामा सहभागी हुने जनाइएको छ । उक्त प्रतियोगितामा भारतका छ टोली र नेपालसहित कुल सात टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

सचिव महतोले खेल सामग्री तथा पूर्वाधारको अभावका बाबजुद मिथिला नगरपालिकाबाट राष्ट्रिय टोलीमा उल्लेख्य सङ्ख्यामा खेलाडी छनोट हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, स्रोतसाधनको कमी हुँदाहुँदै पनि खेलाडीको लगनशीलता, मेहनत र परिश्रमकै कारण राष्ट्रिय टोलीको पर्न सकेको हो ।’ मिथिला नगरपालिका–२, नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा विगत पाँच वर्षदेखि महिला तथा पुरुष हक्की खेलाडी नियमित अभ्यास गर्दै आएका छन् । तर, खेल सामग्री र  खेलमैदानको स्तरउन्नतितर्फ जनप्रतिनिधिको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...