मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

Published on

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको छ। मस्यौदालाई अन्तिम रूप दिन आन्दोलनरत पक्षको छ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ पुगेको छ।

मस्यौदामा अवैध मिटरब्याज उन्मूलन गर्ने, फर्जी तमसुक खारेज गर्ने, पीडितको सम्पत्ति र अधिकारको संरक्षण गर्ने तथा आवश्यक कानुनी सुधार अघि बढाउने विषय समेटिएका छन्। साथै, विगतका आयोग र कार्यदलका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन्।

आन्दोलनरत पक्षले अन्तिम सहमति भएपछि मात्र आन्दोलनको आगामी कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। पीडितहरूले यसपटकको सहमति विगतझैँ कागजमै सीमित नराखी तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...