मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको उच्च जोखिम, यात्रा अझै असुरक्षित

Published on

मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ स्थानहरूमा समेत पहिरो खस्ने जोखिम बढ्दै गएको छ। लगातार वर्षासँगै सडकका विभिन्न भागमा पहिरो दोहोरिन थालेपछि सवारी आवागमन पटक–पटक प्रभावित भइरहेको छ।

सडक विभागका अनुसार पहिरोको जोखिम भएका स्थानमा निगरानी बढाइएको छ भने आवश्यक मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको छ। तर वर्षा जारी रहेकाले जुनसुकै बेला थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्।

प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडक प्रयोग नगर्न र यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...