डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण

Published on

दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि बिहीबार नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको छ। मौसमका कारण लामो समयदेखि अनियमित बनेको दाङ–काठमाडौं हवाई सेवा अब नियमित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालले बताएका छन्।

नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट ८ जना र दाङबाट ४ जना यात्रुले हवाई सेवा लिएका थिए। अब आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी सातामा चार दिन उडान हुने बताइएको छ। बिहान ९ बजेदेखि ११ बजेको बीचमा सेवा उपलब्ध हुने र हाल भाडादर करिब १२ हजार रुपैयाँ रहेको छ।

टरिगाउँ विमानस्थलको धावनमार्ग ७५० मिटर मात्रै भएकाले १९ सिटे जहाज मात्र सञ्चालन गर्न सकिन्छ। हवाई सेवा नियमित नहुँदा दाङका यात्रुहरू नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ।

ठूला जहाज सञ्चालन हुनेगरी विमानस्थल विस्तारको माग लामो समयदेखि उठ्दै आए पनि हालसम्म पूरा हुन सकेको छैन। २०११ सालमा स्थापना भएको विमानस्थल स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

spot_img

ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...

सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२...

दुई साताभित्र ग्यास अभाव हट्ने निगमको विश्वास

नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यास अभावको समस्या अबको दुई साताभित्र समाधान हुने...

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...