रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

Published on

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकका लागि संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनलगायत विषयलाई प्राथमिकतामा राखिएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुनेछ। त्यस्तै, पार्टीको संगठन विस्तार तथा स्थानीय निर्वाचन केन्द्रित गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियानका सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ। स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अभियानलाई अघि बढाउने तयारी रास्वपाले गरेको छ। स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी प्रक्रिया र तयारीबारे पनि बैठकमा आवश्यक निर्णय हुनसक्ने जनाइएको छ। रास्वपाले यसअघि नै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा तयार गरी त्यसलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको थियो।

त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि पनि बैठकमा छलफल हुने बताइएको छ। संगठनको अवस्था, आगामी गतिविधि तथा निर्वाचन केन्द्रित तयारीलाई प्रभावकारी बनाउने विषयमा समेत केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी - विनयी त्रिवेणी गाउँपालिका-२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, विभिन्न विधेयकमा छलफल र निर्णय हुँदै

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको...