दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

Published on

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको विभागले जनाएको छ।

दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्। अन्य सामग्रीको ढुवानी भने आवश्यकताअनुसार पछि सारिने विभागले जनाएको छ।

यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ। हाल १५ स्थानमा यस्ता सहायता कक्ष सञ्चालनमा रहेका छन्।

बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित कमिटी गठन गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या देखिएमा यात्रु सहायता कक्ष तथा ट्राफिक प्रहरीको १०० नम्बरमा जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।

विभागले तोकिएको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न तथा बिचौलियामार्फत हुने टिकट कालोबजारी नियन्त्रण गर्न व्यवसायीलाई निर्देशन दिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले छोटो अवधिमा १५ देखि १६ लाख यात्रुको व्यवस्थापन गर्नुपर्ने भएकाले सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ।

spot_img

ताजा समाचार

अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल...

दुर्गा प्रसाईंविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । दुर्गा प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च...

कांग्रेस महामन्त्रीमा ११ जनाको उम्मेदवारी (नामावली सहित)

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता...

कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता...