गल्कोट घुम्टे सहकारीद्वारा उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादक रामदत्त मिश्र सम्मानित

Published on

काठमाडौं – गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादकलाई सम्मान गरेको छ । संस्थाको २२औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सञ्चारकर्मीका रूपमा आर्थिक क्षेत्रका विषयमा निरन्तर कलम चलाउनुका साथै सहकारीका विभिन्न गतिविधि तथा उपलब्धिलाई आमसञ्चार माध्यममार्फत विश्वभर प्रचारप्रसार गर्न योगदान पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष प्रशान्त ढकाल र प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले सम्मान गर्नुभएको थियो । सहकारी क्षेत्रका गतिविधि, आर्थिक अवस्था, वित्तीय साक्षरता तथा संस्थागत उपलब्धिलाई सञ्चारमाध्यममार्फत आमनागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको कार्यक्रममा जोड दिइएको थियो ।

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाको विकास, सामाजिक उत्तरदायित्व तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो । २०६१ साल असोज ८ गते स्थापना भएको संस्थाले काठमाडौंमा रहेका गल्कोटवासीलाई समेट्दै बचत तथा ऋणलगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

spot_img

ताजा समाचार

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...

प्रधानमन्त्री बालेन आज भारतको राजकीय भ्रमणमा जाँदै, ३४ सदस्यीय टोलीको नेतृत्व गर्ने

काठमाडौं -प्रधानमन्त्री बालेन शाह आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ ३४ सदस्यीय...

सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ...

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई...