पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो

Published on

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुवै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।

पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले भाडा घटाएको पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले बताएका छन् ।

“बेइजिङका लागि उडान पुनः सुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेका त थिए त्यसैले हामीले द्विपक्षीय यात्रालाई सहज बनाउन यो गर्यौंक,” खानले सिन्ह्वालाई भने ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् ।

स्टेट बैङ्क अफ पाकिस्तानले जनाएअनुसार पाकिस्तानी रुपियाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएको छ जसले हवाई भाडा अकासिएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...